मनोज गजुरेल बने सिरिजङ्गाको छोरो

विराटनगर । हास्यकलाकार मनोज गजुरेल सिरिजङ्गाको छोरो घोषित हुनुभएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले गजुरेललाई पर्यटन सद्भावना दूत घोषणा गर्दै सिरिजङ्गाको छोरो घोषणा गरेको हो ।

पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङ्गाको छोरो उपमाले परिभाषित गरेको हो । ताप्लेजुङको मामाङखेमा जन्मनुभएका हास्यकलाकार गजुरेललाई पर्यटन सद्भावना दूत घोषणा गरेसँगै त्यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गाउँपालिको ठहर छ ।

यसैबिच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले सिरिजङ्गाको छोरोको उपमा पाउनुभएका कलाकार गजुरेललाई सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ ।

Back to top button