गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रददेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सभामुखख बाहेक ५८ सदस्यीय प्रदेशमा उहाँले ३१ मत प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा २७ मत रहयो ।

एमालेका संसदीय दलका नेता तथा तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वास गुमाएपछि विश्वासको आधार प्रस्तुत गर्दै पोखरेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएको थियो ।

Back to top button