आज भारी वर्षाको संभावना, पहाडी र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पूर्वानुमान गरेको हो ।

महाशाखाले देशको पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकोले देशभरि आंशिक बदली रहने र ती चार वटा प्रदेशमा वर्षा हुने पूर्वाननुमान गरेको छ ।

Back to top button