बृक्षारोपण गर्दै मनायो स्काउट विराटनगर महानगर समितिले स्थापना दिवस (फोटो फिचर )

विराटनगर । नेपाल स्काउटको ७० औं स्थापना दिवस नेपाल स्काउट विराटनगर महानगरपालिका कमिटीले विभिन्न कार्यक्रम गरि मनाएको छ । स्काउटको महानगरसमितिले आज सरसफाई र बृक्षारोपण गर्दै स्थापना दिवस मनाएको हो ।

विराटनगर– ५ स्थित पृथ्वी चोकमा उम्रिएका झाडि सफा गर्दै बृक्षारोपण गरेको हो । विराटनगर महानगरपालिका वडा – ५ का अध्यक्ष मीनकुमार आचार्यले शुभारम्भ गर्नुभएको बृक्षारोपण कार्यक्रममा नेपाल स्काउटका प्रदेश समिति संयोजक रबि खनाल, प्रदेश सदस्य भाष्कर खनाल, विराटनगर महानगर समितिका कार्यबहाक अध्यक्ष गोकर्ण घिमिरेलगायतको सहभागिता थियो ।

राजबृक्ष, सिरिसलगायतका प्रजातिका करिब एकसय वटा बिरुवा रोपिएको स्काउट विराटनगरका सदस्य तुलसी घिमिरेले जानकारी दिनुभयो ।

Back to top button