ब्राउनसुगर सहित दुईजना पक्राउ

विराटनगर । मोरङकमो पथरीशनिश्चरेबाट लागुपदार्थ ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका वडा – १ स्थित सिनेमाहल छेउबाट उनीहरु प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुका गोप्य सूचना पाएर गएको प्रहरी टोलीले खोजतलास गर्दा परियारको घरबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगरसहित लागुपदार्थ तौल गर्ने मेसिन समेत बरामद गरेको छ ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुशार पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

Back to top button