पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना संक्तमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६ सय ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यहि अवधिमा २ हजार ४ सय १ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यहि अवधिमा ३४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार कूल संक्रमितको संख्या ६ लाख १९ हजार पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमित संख्या ५७ हजार ६ सय १८ रहेको छ ।

Back to top button