कांग्रेसलाई सक्षम नेतृत्व आवश्यक : नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनबाट पार्टीका लागि सक्षम नेतृत्व आवश्यक भएको बताउनु भएको छ ।

‘मुलुकमा विद्यमान संकटको सामना गर्न सक्ने सक्षम नेतृत्व पार्टीलाई चाहिएको छ,’ उहाँले भन्नुभयो, ‘मुलुकको राजनीतिक अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको अवस्थामा मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने सक्षम व्यक्ति आवश्यक छ ।’

पार्टीको आउँदो महाधिवेशनमा आफूहरुले छलफल गरेर सक्षम व्यक्तिलाई सभापतिमा अघि सार्ने बताउनुभयो ।

Back to top button