जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना भारतीय मजदुरको मृत्यु

बिरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योग मर्मत गर्न गएका दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । तीन जना घाइते छन् । भारतको बिहारका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।

लामो समयदेखि बन्द रहेको उद्योगमा मर्मतका लागि गएको बेला उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयलको ट्याङ्कीको ढक्कनमाथि टेक्ने बित्तिकै पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त घट्नामा घाइते उद्योगमा कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईको बिरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । तत्काल आगलागी नियन्त्रणमा लिन सफल भएकाले नजिकै रहेको अर्को फर्निस आयलको टयांकीमा आगलागी नभएकोले ठूलो क्षतिबाट जोगिएको प्रहरीको भनाई छ ।

Back to top button