शरीरमा माइक्रोचिप्स लगाएर सरकारले ट्रयाक गर्ने डरले रुसमा सर्वसाधारणले लगाउदैनन् खोप

काठमाडौं । रुसमा सरकारले उपलब्ध गराएको निःशुल्क खोप सर्वसाधारणले लगाउन मानेका छैनन् । सरकारले खोपसँगै शरीरमा माइक्रोचिप्स लगाइदिएर हरेक गतिविधि ट्रयाक गर्ने डरले खोप लगाउन नमानेको हो ।

रुसी नागरिकहरुले भाविपुस्तालाई पनि सरकारले निगरानीमा राख्न खोजेको आशंका व्यक्त गरेको न्यूज एजेन्सिहरुले जनाएको छ । रुसमा हालसम्ममा ९ दशमलव ९ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।

कोरोनाविरुद्धको अत्यन्तै प्रभावकारी मानिएका स्पुतनिक भी खोप लगाउनेलाई सरकारले हवाई टिकट, भत्ताका साथै अन्य प्याकेज दिएको छ तर लगाउन नमानेकाले पुनः संक्रमितको संख्या बढ्न थालेको एजेन्सिहरुले जनाएको छ ।

संक्रमितको संख्या बढ्न थालेपछि रुसी सरकारले अस्पतालहरुमा शय्याको व्यवस्थापनमा जेटेको छ । सर्वसाधारणले खोप लगाउन नमान्नुलाई सरकारप्रतिको नागरिकको अविश्वास उजागर भएको विशलेषकहरुले बताउनुभएको छ ।

Back to top button