युरोकप फुटबल : पोल्याण्डसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं । युरो कप फुटबलमा स्पेन पोल्याण्डसँग एक/ एक गोलको बराबरीमा रोकिएको छ। युरोकप अन्तर्गतको दोस्रो चरणको खेलमा स्पेन बराबरीमा रोकिन पुगेको हो ।

सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन अंक बाड्न बाध्य भयो। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरेका हुन्।

खेलको ५४ औं मिनेटमा पोल्याण्डका कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै खेललाई बराबरीमा फर्काए । उनले कामीलको पासलाई हेड मार्फत उत्कृष्ट गोल गरे ।

यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएको थियो । तर जेरार्ड मोरेनोले गरेको पेनाल्टी प्रहार पोस्टमा ठोकिएर बाहिरिन पुग्यो ।

Back to top button