विराटनगरमा चोरी गर्ने दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न स्थानमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर ११ का २९ वर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको हो ।

विराटनगरमा चोरीको घट्ना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष प्रहरी टोली परिचालन गरी उनिहरुलाई पक्राउ गरेको छ।

पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान, कानमा लगाउने झुम्का ३ थान, एलसीडी टिभि, मोवाईल २ थान, फलामे कराही, फलामे औजार ४ थान, चाँदीको सिक्री र ५ लाख ८ हजार ७ सय ३ नगद बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

उनीहरुले जेठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद ६५ हजार, जेठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको वीनअर्ट पसलमा राती झ्याल फुटाई नगद ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल चोरी गरेको राईले बताउनुभयो ।

यस्तै, जेठ १६ गते विराटनगर ९ महेन्द्र चौकस्थित अनिस रिजालले संचालन गरेको नेक्स्ट टर्म एजुकेशन भिसा सर्भिसको ढोका फुटाई धाराको टुटी ७ थान र जेठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद १७ हजार र ग्याँस सिलिण्डर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको राईले बताउनुभयो ।

Back to top button