विपक्षी गठबन्धनको बैठक बस्दै

 

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाही सुरु हुन लागेको पुर्वसन्ध्यामा विपक्षी गठबन्धनको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बैठक बसिरहेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा असार ९ गतेदेखि सुनुवाई शुरु हुन भएपछि थप रणनीति बनाउन विपक्षी गठबन्धनका कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुट्नु भएको हो ।

एमाले अध्यक्ष पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार रहेकोले पार्टी एकता गर्न दोस्रो तहका नेताहरु सक्रिय भएको बेला विपक्षी गठबन्धनले नेपाल समूहलाई नमिल्न दवाव दिने उद्देश्यले पनि बैठक बसिरहेको एक नेताले बताउनुभयो ।

Back to top button