एसिड पिडितको उपचार निःशुल्क गर्न कार्यविधि जारी

काठमाडौं । सरकारले एसिड पीडितहरुको काठमाडौंको चार वटा अस्पतालमा निःशुल्क उपचारका लागि कार्यविधि ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि, २०७८’ आज स्वीकृत गरेर एसिड पिडितहरुको उपचार निःशुल्क गरेको हो ।

काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड पिडितको कार्यविधिमार्फत निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

Back to top button