पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अग्रमोर्चामा खटिएर समाचार संकलन गर्दै आएका सञ्चारकर्मीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारको नाममा आज आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले समाचार संकलनका लागि सर्वसाधारणको निकट पुग्नै बाध्यात्मक अवस्था रहेकाले सञ्चारकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन आदेश दिनुभएको हो । अधिवक्ता लिलानाथ घिमिरेले रिट निवेदन दायर गर्नु भएको थियो ।

 

Back to top button