माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४० वर्षमुनिका युवाहरुलाई प्राथमिकतामा राखेर केन्द्रीय कार्य समिति विस्तार गर्न लागेको छ । माओवादीले केन्दीय कार्य समितिमा ९९ सदस्य थप्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतको आदेशपछि नेकपा बिखण्डित भएर माओवादी केन्द्र भएपछि संगठन निर्माणमा केन्द्रित भएको छ । माओवादी केन्द्रले पार्टीको प्रस्तावित नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ ।

कार्य समिति विस्तार गर्दा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितका लागि आरक्षित गरिएको माओवादी केन्द्रका एक नेताले बताउनुभयो । जिल्ला जिल्लाबाट प्रदेश हुँदै केन्द्रिय सदस्य छनौटको काम भइरहेको माओवादी केन्द्रले जनाएको छ ।

Back to top button