
काठमाडौं । नेकपा माओवादी केन्द्रको विहान आकस्मिक बसेको केन्द्रीय समितिको भर्चुअल वैठकले एमाले प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिलाई हटाउने निर्णय गरेको छ ।
बैठकले एमाले प्रवेश गरेका स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको नेता नारायाणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका जनप्रतिनिधि १४ जना छन् ।
यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
तर, निर्वाचन आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन । पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै हिजो मात्र माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
वैठकमा अध्यक्ष प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएको थियो । त्यसपछि वैठक पार्टी छाडेर एमाले प्रवेश गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने अजेण्डामा केन्दित भएको एक नेताले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका जनप्रतिनिधीहरुको विवरण
क्र.सं. | पद | नाम | स्थानीय तह |
१. | प्रमुख | रिना कुमारी साह | मौलापुर न.पा. रौतहट |
२. | प्रमुख | सियाराम कुशवाहा | कटहरिया न.पा. रौतहट |
३. | उप्रमुख | परनिया देवी | देवाही गोनाही न.पा. रौतहट |
४. | उप्रमुख | गौरिशंकर जयसवाल | मौलापुर न.पा. रौतहट |
५. | उप्रमुख | कान्ती देवी | फतुवाविजयपुर न.पा. रौतहट |
६. | उपप्रमुख | सिमल साह | मानवनारायण न.पा. रौतहट |
७. | उपाध्यक्ष | गितादेवी साह | यमुनामाई गा.पा. रौतहट |
८. | नगर का.पा. सदस्य | सतमीलाल दास ताती | लहान न.पा. सिरहा |
९. | अध्यक्ष | शेष फारुक | सम्सी गा.पा. महोत्तरी |
१०. | उपप्रमुख | छायाँ देवकोटा | भजनी न.पा. कैलाली |
११. | वडाध्यक्ष | भागिरथी विष्ट | गौरीगंगा न.पा.–४, कैलाली |
१२. | वडाध्यक्ष | शर्मानन्द भट्ट | गोदावरी न.पा.–१, कैलाली |
१३. | वडाध्यक्ष | पुरन विसी | बर्दगोरिया न.पा.–४, कैलाली |
१४. | वडाध्यक्ष | सुरेश कुमार थापा | चम्पादेवी गा.पा.–१, ओखलढुंगा |