रुस युरोकपबाट बाहिरियो, डेनमार्क नकाउट चरणमा प्रवेश

काठमाडौं । यूरोकपको गएराती सम्पन्न खेलमा डेनमार्कले रुसलाई ४–१ गोलअन्तरले पराजित गर्दै नकाउट चरणमा प्रवेश गरेको छ । रुस डेनमार्कसँग पराजित भएसँगै युरोकपबाट बाहिरिएको छ ।

पहिलो हाफमा १ गोलको अग्रता लिएका डेनमार्कले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएका थिए । खेलको ३८ औैं मिनेटमा डेनमार्कका मिकेल ड्याम्सगार्डले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५९ औं मिनेटमा डेनमार्कका लागि युसुफ पोल्सेनले अर्को गोल गरीपछि ७० औं मिनेटमा रुसका आर्तेम ज्युवाले पेनाल्टीमार्फत १ गोल फर्काउन सफल भएका थिए । तर रुसका लागि त्यो खुशी धेरै बेर टिक्न सकेन । डेनमार्क ३ मिनेटको अन्तरमा लगातार २ गोल गरेपछि रुसको पराजय निश्चित भएको थियो । खेलको ७९ औं मिनेटमा आन्द्रेस क्रिष्टियन र ८२ औं मिनेटमा जोकिम मेहलेले गोल गरेका हुन् ।

खेल सुरु हुनुभन्दा अगाडी डेनमार्क समूह बी को अन्तिममा र रुस दोस्रो स्थानमा थिए तर खेल सम्पन्न भएपछि डेनमार्क समूह उपविजेता र रुस अन्तिममा परेकाले युरोकपबाट बाहिरियो ।

Back to top button