
काठमाडौं । युरोकपमा बेल्जियमले गएरातिको सम्पन्न खेलमा फिनल्याण्डलाई २–० ले हराएर अपराजित यात्रालाई अिघि बढाएको छ ।
पहिलो पल्ट युरोकप खेलिरहेका फिनल्याण्डले रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा बेल्जियमलाई खेलको ७४ मिनेटसम्म रोक्न सफल रहयो तर फिनिस डिफेण्डर लुकास हार्डेकीले आत्मघाती गोल गरेपछि फिनल्याण्डको पराजयको घडी सुरु भएको थियो ।
आत्मघाती गोलको १० मिनेटमै बेल्जियमका लागि रोमेलु लुकाकुले अर्को गोल गरेर टिमलाई २–० को जित निश्चित गराए ।