
काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा छलफलका लागि दुवै पक्षलाई सर्वोच्चले आज बोलाएको छ । आजको छलफलपछि सर्वोच्चले फैसला गरेपछि यो विषय टुंगिनेछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रीट उपर जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश गरेको थियो । काम चलाउ सरकारले दुई पटक मन्त्रिपरिषद पुनर्गठन गरेकोले उहाँहरुले रिट दायर गर्नुभएको थियो ।