निर्वाचन क्षेत्रका बाढीप्रभावितलाई प्रचण्डको आश्वासन : स्थायी समाधानको लागि गुरुयोजना अघि बढाइसकेको छु

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

भरतपुर महानगरपालिका–२६ को सिसई क्षेत्रको अवलोकन गर्दै उहाँले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल भइरहेको बताउनुभएको छ ।

प्रचण्डले नदी तटबन्धन र जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरणका लागि अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरेको बताउनुभएको छ ।

बाढीले भरतपुर महानगरपालिकाको–३ को दोभान चोक, वडा नं १६ को झनझने र वडा नं २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १०० बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको छ।

Back to top button