ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

उदयपुर । रौतामाई गाँउपालिका १ टाट्नेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । रौतामाई ७ का ३२ वर्षीय तुलबहादुर केप्छाकी मगरको मृत्यु भएको हो ।

नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स१त ६८५८ नम्बरको ट्याक्टरबाट अचानक लडेर गम्भिर घाईते मगरको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मगर उक्त ट्याक्टरका सहचालक रहेको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक रौतामाई ७ का २५ वर्षीय चेतु दमाईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

Back to top button