
काठमाडौं । पछिल्लो २४ घण्टामा देशरभरबाट ४ हजार ९५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यस्तै ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार बागलुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिन गएको हो ।
यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ ।
तीमध्ये हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् भने ८ हजार ८१३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ ।