सरकारले राम्रो काम गरेको सर्वोच्चले पनि देख्न सकेन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको राम्रो काम सर्वोच्च अदालतले पनि देख्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ । उहाँले २० जना मन्त्रीले गर्न नसकेको काम अब ४ जना मन्त्रीले कसरी सरकार चल्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

मधेसका नेताहरुलाई समेटेर संवैधानिक व्यवस्था अनुसार सरकार गठन गर्दा पनि सर्वोच्च अदालतले गरेको निर्णय मान्न बाध्य भएको उहाँको भनाई थियो । सर्वोच्च अदालतले यसअिघ नागरिकता अध्यादेश खारेज गरेको प्रति पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठन र बिस्तार असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चको निर्णयपछि बालुवाटारमा भेला भएका पदमुक्त मन्त्रीहरुलाई सम्बोधन गर्दै उहाँले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

Back to top button