क्रोएसिया नकाउट चरणमा प्रवेश

काठमाडौं । युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा तेस्रो जित दर्ता गर्दै क्रोएसिया नकाउट चरणमा प्रवेश गरेको छ । क्रोएसियाले स्कटल्याण्डको घरेलु मैदानमा ३–१ ले पराजित गरी ४ अंक जोड्दै समूह उपविजेता भएको हो ।

खेलको १७ औं मिनेटमा क्रोएसियाका निकोला भ्लासिकले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो तर स्कटल्याण्डका कलुम म्याग्रेगोरले ४२ औं मिनेटमा गोल फकाएपछि पहिलो हाफको खेल बराबरीमा रहेको थियो ।

कप्तान लुका मोडरिच ६२ औं मिनेटमा अर्को गोल गरेर क्रोएसियालाई पुनः अग्रता दिलायो । खेलको ७७ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले अर्को गोल गरेपछि स्कटल्याण्ड घरेलु मैदानका १२ हजार दर्शकमाझ यूरोकपबाट बाहिरिन बाध्य भयो । तीन खेलमा स्कटल्याण्डले १ अंक मात्रै जोड्न सक्यो ।

Back to top button