खानेतेलको ग्यालेनमा ल्याउँदै गरेको लागूऔषधसहित एक जना पक्राउ

मोरङ । लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याउँदै गरेको खाने तेलको ग्यालेनबाट लागुऔषधसहित एक जनालाई विराटनगर १६ दक्षिण गेटबाट पक्राउ गरेको छ । सुनसरीको चक्रघट्टी ७ का ३२ वर्षीय राजकुमार मगरलाई पक्राउ गरेको हो ।

झोलामा ल्याउँदै गरेको खानेतेलको ग्यालेनबाट एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Back to top button