भारतले छिमेकी राष्ट्रलाई खोप उपलब्ध गराउने

काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप छिमेकी राष्ट्रहरुलाई उपलब्ध गराउने भएको छ । आउँदो जुलाई वा अगष्टबाट खोप उपलब्ध गराउने भएको हो ।

नेपाल, बंगलादेश र श्रीलंकाका राजदुतहरुले खोप नियार्तका लागि पहल भइरहेको आश्वासन दिददै आएको छ । भारत सरकारले आफ्ना केही नागरिकलाई खोप लगाउनुका साथै खखोपको भण्डारण बढेपछि नियार्त गर्ने तयारी गरेको भारतीय अधिकारीहरुले जनाएको छ ।

भारतले नेपाललाई ११ लाख कोभिशिल्ड खोप अनुदानमा दिएको थियो भने नेपालले सेरम इस्टिच्युटसँग २० लाख खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज खोप आइसकेको छ भने १० लाख आउन बाँकी छ ।

Back to top button