स्थानीय तहका जनप्रतिनिधिले आज अन्तिम बजेट ल्याउँदै

विराटनगर । स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यक्रालको अन्तिम बजेट आज ल्याउँदै छ । स्थानीय तहहरुले गाउँ तथा नगरसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै छ ।

२०७४ मा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दुई वर्षदेखिको कोरोना महामारीले जनतासँग् गरेको वाचा पूरा गर्न नसकेको अवस्थामा बजेट ल्याउन लागेको हो । आउँदो फाल्गुनमा कार्यकाल पूरा हुन लागेका जनप्रतिनिधिहरुले यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्र केन्द्रित भएर चुनावी बजेट ल्याउन लागेको छ ।

जनप्रतिनिधिहरुले सुरु गरेका अधुरा योजना, आवधिक योजना योजनाका साथै जनतासँग गरेको वाचा पूरा गर्नुका साथै आउँदो चुनावलाई लक्षित गरेर बजेट ल्याएन लागेको छ ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ ।

Back to top button