शनिबारदेखि युरोकपको नकाउट चरणको खुल सुरु हुँदै

काठमाडौं । युरोकप २०२० को समूह चरणको खेल बिहीबार राती समाप्त भएको छ । समूह चरणको खेलबाट १६ वटा टिम क्वालिफाइड भएर नकाउट चरणमा प्रवेश गरेको हो । अब आउँदो शनिबारदेखि नकाउट चरणको खेल सुरु हुँदै छ ।

नकाउट चरणमा प्रवेश गर्ने टिममा इटली, बेल्जियम, नेदरल्याण्डस, स्पेन, फ्रान्स, वेल्स, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, पोर्चुगल, क्रोएसिया, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।

नकआउट चरणको पहिलो दिनको खेलमा वेल्स र डेनमार्कबीच नेपाली समयअनुसार शनिबार राति ९ः४५ मा र १२ः४५ मा इटली र अस्ट्रियावीच खेल हुनेछ । यस्तै, आइतबार ९ः४५ मा नेदरल्यान्डस् र चेक गणतन्त्र र १२ः४५ बजेमा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पद्र्धा हुनेछन् ।

सोमबार राती ९ः४५ बजे क्रोएसिया र स्पेन र १२ः४५ बजे फ्रान्स र स्वीटरजल्यान्डले प्रतिस्पद्र्धा गर्नेछन् । मंगलबार राति ९ः४५ बजे इङल्यान्ड र जर्मनी र १२ः४५ बजे स्वीडेन र युक्रेनले प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणको खेलपछि असार १८ गतेदेखि क्वार्टर फाइनल, असार २२ र २३ गते सेमिफाइनल र असार २७ गते राती १२ः४५ बजे लण्डनको बिम्बली रंगशाला युरोकपको फाइनल खेल हुनेछ ।

Back to top button