![](https://koshisandesh.com/wp-content/uploads/2021/06/miklajung.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/06/miklajung.jpg)
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिको आठौं गाउँसभा मार्फत आ.व. ०७८÷७९ को लागी कुल ७० करोड ७१ लाख ८० हजार बजेट प्रस्तुत गरेको छ । आज बिहिबार मिक्लाजुङ गाउँपालिको ८ औं गाउँसभामा उपाध्यक्ष सरला राईले बजेट प्रस्तुत गर्नुभएको हो ।
जस अन्तर्गत नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ११ करोड ८७ लाख, नेपाल सरकारबाट राजस्व बाँडफाँड ८ करोड ५ लाख ७७ हजार, प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान ६८ लाख ७ हजार, प्रदेश सरकारको सवारी साधन कर बाँडफाँड ४७ लाख ४८ हजार, संघीय सरकारको समपुरक कोषबाट २ करोड ४२ लाख, मालपोत रजिष्ट्रेशनबाट ३५ लाख आन्तरीक स्रोतबाट ६ करोड ५० लाख सञ्चीत कोषमा रहेको रकम ३ करोड ९७ लाख ४८ हजार र शिक्षा तथा स्वास्थ्यआदि विषयगत कार्यालयहरुका लागी शसर्त अनुदान तर्फ ३६ करोड ५७ लाख गरि जम्मा ७० करोड ७१ लाख८० हजार रुपैया अनुमानित आय ८ औं गाउँ सभामा पेश भएको थियो ।
यस्तै पुँजीगत खर्च २२ करोड ५३ लाख, चालु खर्च ११ करोड ६१ लाख ८० हजार र शसर्त अनुदान ३६ करोड ५७ लाख रहेको छ । यसवर्ष पालीकाले सबैभन्दा बढी रकम सार्वजनिक निर्माणमा छुट्ट्याएको छ । सार्वजनिक निर्माणमा मिक्लाजुङ गाउँपालिकाका महत्वपूर्ण योजनाहरुका लागि १४ करोड ८ लाख रकम विनियोजन गरिएको छ ।
यस्तै कृषी विकास कार्यक्रममा ४३ लाख ३० हजार, पशु विकास कार्यक्रममा ६७ लाख, न्यायिक समिति ७ लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यक्रम १३ लाख, सामाजिक विकास कार्यक्रम ४८ लाख, स्वास्थ्य कार्यक्रम ५३ लाख र शिक्षा खेलकुद तथा संस्कृती विकास कार्यक्रममा १ करोड ३० लाख रकम विनियोजन भएको छ ।
मिक्लाजुङ गाउँपालिको ८ औं गाउँसभा मार्फत पालिकाले गाउँपालिका क्षेत्रका सबै प्रकारका कार्यक्रम समेटने प्रयास गरेको देखिन्छ । भौगोलीकरुपले केही सरल र केही विकट भूगोल भएको मिक्लाजुङ गाउँपालिकामा स्थानीय तहको निर्वाचन भएर जनप्रतिनीधीहरु आएसँगै विकासको लहर छाएको छ ।
यसवर्षको बजेटले मिक्लाजुङ गाउँपालिकाका प्राय : सबै क्षेत्रहरु आर्थीक, कृषी तथा पशु सेवा, शिक्षा, युवा खेलकुद तथा कला संस्कृती, रोजगार, पर्यटन, स्वास्थ्य, महिला तथा बालबालीका, न्यायिक, खोनपानी तथा सरसफाई, सार्वजनीक निर्माण, विद्युत तथा सञ्चार, वन तथा वातावरण संरक्षण तथा सरसफाई, विपद् व्यवस्थापन र सेवा प्रवाह तथा क्षमता विकासलगायतका शिर्षकलाई बजेटले समेटेको छ ।