चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशमा मेघगर्जनका साथै चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरेको छ । पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रका वासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । दिउँसो देशभरि बदली रही केही ठाउँमा सामान्यदेखि मध्यम वर्षाको महाशाखाले पूर्वानुमान गरेको हो ।

देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Back to top button