‘छुवाछुत आरोपमा पक्राउ परेकालाई मन्त्रीले छुटाउनु सार्वजनिक पदको दुरुपयोग’

काठमाडौं । राष्ट्रिय दलित आयोगले जातीय विभेदको आरोप लागेका व्यक्तिलाई मन्त्री आफै गएर छुटाउनु भनेको सार्वजनिक पदको दुरुपयोग भएको ठहर गरेको छ ।

आयोगले विज्ञप्ती जारी गरी तनहुँ घर भई काठमाडौंमा सञ्चार क्षेत्रमा क्रियाशील रुपा सुनारलाई काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले दलित भएकै कारणले कोठा भाडा दिन नमानेको घट्नामा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ आफै प्रहरी वृतमा पुगेर छुटाएको घट्नाप्रति आपत्ति जनाएको छ ।

संवैधानिक र कानूनी रुपमा जातीयविरुद्धको भेदभाव अन्त्य भइसकेको र भाजतीय भेदभाव गर्नेलाई दोषी ठहर गर्ने संवैधानिक तथा कानूनी व्यवस्थालाई चुनौति दिदै मन्त्री श्रेष्ठले घरधनी प्रधानलाई छुटाउनु दुःखद भएको आयोगले विज्ञप्तीमार्फत जनाएको छ ।

आयोगले सरकारी वकिलको कार्यालय, काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंलाई संविधान, प्रचलित कानून र जातीय विभेदको संवेदनशिलतालाई मध्यनजर गरी घटनाको सत्य तथ्य पहिचान गरी दोषी उपर कारवाही गर्नुका साथै घट्नाको सत्यतथ्य सार्वजनिक गरेर आफ्नो दायित्व र कर्तव्य पूरा विज्ञप्तीमार्फत सचेत गराएको छ ।

Back to top button