मुलुकभरि २ हजार ४७६ संक्रमित थपिए

काठमाडौं । मुलुकभरि आज २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ हजार ३५१ वटा नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

मुलुकभरि सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ । मुलुकभरि ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।

Back to top button