अन्तर्राष्ट्रिय लागूऔषधविरुद्धको दिवस मनाइँदै

काठमाडौं । लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइरहेको छ । यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी आज लागूऔषधविरुद्धको दिवस मनाइरहेको हो दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘सेयर एक्टस अन ड्रग्स, सभे लाइभस’ तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा २६ जुनलाई विश्वलाई लागूऔषधको असर र प्रयोगबाट मुक्त गराउन लागूऔषधविरुद्धको दिवस कायम गरेको छ ।

नेपालमा लागूऔषधविरुद्ध रहेको कानूनी व्यवस्था अनुसार अनेकौं संघसंस्था र प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर वार्षिक ५ दशमलव ०६ प्रतिशतका दरले लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।

मुलुकमा क्रयशक्ती न्यून भएकाले यसअघि चुरोट, गाँजा, चरेस प्रयोगकर्ताहरु थियो तर वैदेशिक रोजगारीलगायतले नेपालीको क्रशक्तीमा वृद्धि हुँदा अहिले ब्राउन सुगरको आसार पोसारका साथै बिक्री बितरण बढ्दै गएकोले प्रयोगकर्ताको संख्या पनि उच्च देखिएको प्रहरीको तथ्यांकले जनाएको छ ।

लागूऔषधविरुद्ध जनस्तरमा सचेतना, अभिभावकहरुले आ–आफ्ना बालबालिकाको निगरानी तथा वानी व्यवहारप्रति सचेतता नअपनाए अब अफिम प्रयोगकर्ताको संख्या बढ्ने सुरक्षाकर्मीहरुको भनाई छ ।

नेपालमा लागूऔषधबाट प्रभाावितको संख्या १ लाख ३० हजार ४२४ पुगेको छ । दिवसको अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले सन्देश जारी गरी लागूऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभएको छ ।

लागूऔषधको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको सन्देशमा उल्लेख छ । युवा समुदायलाई लागूऔषध नियन्त्रणको अभियानमा सरिक गराउन यस दिवसले प्रेरणा प्राप्त हुने मन्त्री पौडेलको विश्वास छ ।

Back to top button