आज दिनभरि बदली रहने पूर्वानुमान

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले आज देशभरि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयांगसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको हो ।

महाशाखाले हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ ।

Back to top button