कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने म्याद थप

काठमाडौं । राष्ट्रि परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने चैत मसान्तसम्म मात्रै रहेको म्याद असार २० गतेसम्मका लागि थप गरेको छ। रजिष्ट्रशन र परीक्षा फारम बुझाउन बाँकी रहेका विद्यार्थीले दोब्बर दस्तुर बुझाएर बोर्डले फारम भर्नका लागि म्याद थप गरेको हो ।

रजिष्ट्रेशनको ८ सय र परीक्षा फारमको एक हजार २०० शुल्क बोर्डले तोकेको छ । विद्यालयहरुले रजिष्ट्रशन र परीक्षा फारम राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था गरिएको हो ।

Back to top button