बन्दुकसहित तीन जना पक्राउ

तेह्रथुम । लालिगुराँस नगरपालिका १ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेएको छ । स्थानीय ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी तेह्रथुमले जनाएको छ ।

Back to top button