पिकअप भ्यानको ठक्करले पैदल यात्रीको मृत्यु

सुनसरी । इटहरी उपमहानगर १२ खनारको सोमबारेचोकमा पिकअप भ्यानको ठक्करले एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

इटहरी उपमहानगर ११ की ५६ वर्षीया गंगा ढकालको मृत्यु भएको हो । ईटहरीबाट दुहबीतर्फ आउँदै गरेको को१०च ५५७३ नम्बरको पिकप भ्यानको ठक्करले घाएते ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको तर चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button