खोप उपलब्ध गराउन भारतीय गोर्खा सैनिकद्वारा भारतीय सेनापतिलाई पत्र

काठमाडौं । भूतपूर्व भारतीय गोर्खा सैनिकले भारतीय सेनापति मनोजमुकुन्द नरवाणे र भूतपूर्व सैनिक स्वास्थ्य कोषलाई कोरोनाविरुद्धको खोप नेपाललाई उपलब्ध गराउन पत्राचार गरेको छ । खोप लगाउन नपाउँदा १५० भूपू गोर्खा सैनिकको मृत्यु भइसकेकाले तत्काल ३ लाख डोज खोप उपलब्ध गराउन पत्रमार्फत माग गरेको हो ।

भारतका लागि इमानदारीपूर्वक योगदान पुर्याएका गोर्खा सैनिकलाई भारत र नेपाल कसैले पनि खोपको प्राथमिकतामा नराखेकाले पत्रमार्फत खोपको माग गरेको छ । भारतीय भूपू गोर्खा सैनिकका लागि तत्काल ३ लाख खोप उपलब्ध गराए पुग्ने पत्रमा उल्लेख छ ।

Back to top button