जसपा अध्यक्ष यादवद्वारा आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भारतसँग मालिकको नभई मित्रको सम्बन्धको पक्षमा रहेकोले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिनुभएको छ ।

अध्यक्ष यादवले राजविराजमा आज आयोजित कार्यकर्ता भेलामा भारतको आफूहरुले अहित नचाहेको र अहित गर्न पनि नसक्ने भएकाले एउटा मित्रसँग मित्रवत व्यवहार गर्न आग्रह गर्नुभएको हो ।

कसैको घर झगडामा हस्तक्षेप गर्ने मित्रलाई स्विकार्य नहुने भएकोले आन्तरिक अधिकारको हामी आफैले प्रयोग गरी समस्या समाधान गर्न सक्षम रहेको उहाँले बताउनु भयो । उहाँले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर भारतको पनि भलो नहुने भन्दै चेतावनी दिनु भएको हो ।

उहाँले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलाई इङ्गित गर्दै भारतीय दुतावासमा बिहान र बेलुका जानेको गरेको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

Back to top button