पानीमा डुबेर बालकको मृत्यु

झापा । गौरादह नगरपालिका ४ मैदानघुपास्थित पैनीमा डुबेर बालकको मृत्यु भएको छ । स्थानीय गोपाल भट्टराईको २ वर्षीय छोरा संयोग भट्टराईको मृत्यु भएको हो ।

खेल्ने क्रममा घर अगाडि रहेको पैनीमा डुबेर घाइते बालकको गौरादहस्थित ममता मेडिकलमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button