खुकुरी प्रहार गरी छोराद्वारा बुबाको हत्या

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मामा खुकुरी प्रहार गरी छोराले बुबाको हत्या गरेको छ । स्थानीय २८ वर्षीय सुबर्ण राईले ७२ वर्षीय बुबा चन्द्रबहादुर राईको हत्या गरेको हो ।

घरायसी विवादमा सुबर्णले गर्धनमा खुकुरी प्रहार गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हत्या आरोपमा प्रहरीले सुबर्णलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

Back to top button