
काठमाडौं । नेपाललाई इटलीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो।
युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. रोशन पोखरेललाई उक्त सामग्री आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ ।