हायसको ठक्करले तीन जनाको मृत्यु, दुई घाइते

सुनसरी । पूर्व–पश्चिमराजमार्गस्थित कोशी गाउँपालिका ८ नङ्खुमा आज हायसले पिकअप र मोटरसाईकललाई ठक्कर दिदा ३ जनाको मृत्यु भएको छ । २ जना घाईते छन् ।
सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोरंङको विराटनगर महानगर ९ का ४५ वर्षीय रामप्रसाद साह र विराटनगर ७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो ।

बा ३ ख ७२२४ नम्बरको हायसले विपरित दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते मोटरसाईकल चालक उदय, मोटरसाईकल पछाडि सवार रामप्रसाद र पिकअप चालक अक्षयको सुनसरी जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

दुर्घटनामा घाइते हायस चालक नुवाकोटको बिदुर नगरपालिका १३ का ३५ वर्षीय विवस तामाङ् र हायसको सहचालक बिदुर ११ का २५ वर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Back to top button