नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको वैठक आह्वान

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको वैठक आह्वान गरेको छ । आज बसेको स्थायी समितिको वैठकले असार १६ गतेका लागि काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुशार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको थियो । यसविषयमा थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै वैठकमा माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयासस्वरुप आयोजक समितिको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको केन्द्रित थियो ।

Back to top button