
काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा करिब १३ गुणा बढी आवेदन परिसकेको छ । आज अपरान्ह ५ बजेसम्म १५ लाख १२ हजार ९४१ जना आवेदकबाट २ करोड ३० लाख ५४ हजार २६० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
यो कम्पनीले बिक्रीमा ल्याएको शेयरको १२.४७ गुणा धेरै हो। जीवन विकास लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुने छ । ढिलोमा असार २५ गते हुने छ।