प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षको बहस आजबाट सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सरकारी पक्षले बहस सुरु गर्दै छ । संवैधानिक इजलासले सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय उपलब्ध गराएको छ ।

जसमा सभामुख अग्नी सापकोटाका कानुन व्यवसायीलाई १ घण्टा, सरकारी वकिललाई ७ घण्टा र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीलाई ७ घण्टाको समय उपलब्ध गराइएको हो । सरकारी वकिलको समयमध्ये आज महान्यायाधिवक्ता रमेश बडाललाई सुरुवाति बहसका लागि ३ घण्टा समय उपलब्ध गराएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दामा असार ९ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदै आएको छ । इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दिपक कुमार कार्की, मीरा खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाले मुद्दाको सुनुवाई गरिरहनुभएको छ ।

Back to top button