एटिएम तोडदै गर्दा दुई जना पक्राउ

विराटनगर । बुढीगंगा गाउँपालिका २ टंकिसिनवारीस्थित सरस्वति खड्काको घरमा सञ्चालित एनआईसी एसिया बैंकको एटिएम तोड्फोड गर्दै गरेको अवस्थामा आइतबार राती प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका ९ का २४ वर्षीय मोहम्मद इम्तियाज र २५ वर्षीय मोहम्मद अनिस हुसेन पक्राउ परेको हो ।

एटिएम तोडफोड भइरहेको सूचना आएपछि तत्काल खटिगएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका प्रहरी निरीक्षक मिलन थापाले बताउनुभयो । दुबै जनाले तोडफोडका लागि प्रयोग गरेको हथौडा, छिनो, पेचकस बरामद भएको थापाले बताउनुभयो । दुबै जनालाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको उहाँले भन्नुभयो ।

Back to top button