देउवाले लोकतान्त्रिक मार्ग छाडेको हेर्दा दया लागेर आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न लोकतान्त्रिक मार्ग छाडेकाो हेर्दा दया लागेर आएको बताउनुभएको छ । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्री बन्नका लागि देउवाले जालीफटाहाहरुको साथ लिएर अलोकतान्त्रिकमार्ग अपनाएको आरोप लगाउनुभयो ।

जनताबाट निर्वाचित भएर लोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्नेमा देउवालाई विश्वास नभएकोले अलोकतान्त्रिकमार्गमा लागेको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले संवैधानिक तरिकाले चुनाव घोषणा गर्दा देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको भाषालाई उपयोग गर्दै प्रतिगमन भनेको टिप्पणी गर्नुभयो ।

लोकतान्त्रिक पार्टीको इतिहास बनाएको कांग्रेस अहिले प्रचण्डपथमा लागेको हेर्दा अचम लागेर आएको ओलीको भनाई थियो । प्रचण्डपथकै प्रभावले संसदमा पनि कांग्रैसका सांसदले नाथुराम गोड्से खोज्ने र नभेटे आफै बन्ने बिचार व्यक्त गरेको उहाँको भनाई थियो ।

Back to top button