मदन भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण ( हेरौं १२ तस्वीर )

विराटनगर । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ ।

जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको आयोजनामा आज वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, मदनभण्डारी फाउण्डेसन प्रदेश १ अध्यक्ष गोपाल गुरागाई, नेकपा एमाले प्रदेश समिति सदस्य तथा भूमि व्यवस्था समस्या समाधान आयोगका मोरङका संयोजक डिपी राई, नेकपा एमाले मोरङका उपाध्यक्ष रामलाल साह, रतुवामाई नगरपालिका उपमेयर दमयन्ता चुँडाल, नेकपा एमाले मोरङका नेताहरु बाबुराम कार्की , रुपेश खतिवडा, गोपी चापागाई, भाष्कर खनाललगायत पार्टीका विभिन्न कमिटि तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

सो अवसरमा प्रदेश १ का योजना आयोग उपाध्यक्ष प्याकुरेल, फाउण्डेसनका अध्यक्ष गुरागाई तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य राईलगायतका नेताहरुले मदन भण्डारीको चर्चा गर्दै उहाँले देखाएको बाटोमा हिड्नुको विकल्प नरहेको बताउनुभयो ।

Back to top button