माधवकुमार नेपाल लाज सरम पचेको मान्छे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अन्तरविरोधमा विपक्षी गठबन्धनलाई सघाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई लाज सरम पचाएको आरोप लगाउनुभयो ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा बालुवाटारमा आज ओलीले नेपालले लाज सरम पचाएर कांग्रेस र माओवादीको पछाडी कुदिरहेको आरेप लगाउनुभयो । आफ्नै पार्टीको सरकार ढालेर प्रमु प्रतिपक्षीको नेतृत्वमा सरकार बनाएर कम्युनिष्ट आन्दोलन सिध्याउन नेपाल लाज–सरम पचाएको उहाँको भनाई थियो ।

नेपालको प्रधानमन्त्रीको प्रस्ताव आएको भनाईप्रति ओलीले भन्नुभयो, ‘मलाई बौलाहा कुकुरले टोकेको छ र प्रचण्डको पुच्छरलाई प्रधान्मन्त्री बनाउने कुरो गर्छु ।’

Back to top button